ललितपुर - ललितपुर । बिहीबार उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् ।
अन्दाजी ३० वर्षजस्तै देखिने ती युवतीले बिहीबार अदालतमै आत्महत्याको प्रयास गरेको प्रहरीले स्रोतले बतायो । घटना हुन नपाउँदै सुरक्षामा खटिएको प्रहरीको टोलीले ती युवतीलाई तुरुन्त उद्धार गरेर पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो ।
प्रहरीका अनुसार उच्च अदालत पाटनका कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ती युवतीले आत्महत्याको प्रयास गरेकी थिइन् ।
विहीबार उनले अदालत परिसरमै किटनाशक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेको बुझिएको छ ।

बिजनेस पाटी