२०८२ फाल्गुन ६ | Feb 18, 2026

मन्जुश्री फेरि फर्कनुहुदो हो त ? ………

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ४
|
5.8k views

।।१।।
चीन-भारत अनेकौँ देश
ओहोरदोहोर गरिरहने
बुद्ददर्शनका परिशिलनहरू
शील, समाधि र प्रज्ञाका
दिव्य आलोक यो भूतलमा
आलोकित गर्दै
शुध्द, शान्त र बिशाल आत्माको
पथ-प्रदर्शन गर्दै हिडेका
मञ्जुश्री
हिमाल, पर्बत, कन्दरा र छहरा
छिचोल्दै छिचोल्दै
हलुंगो मन लिएर जब शिवपुरीमा
टक्क अडिए
हिमाल-पर्बत-खगोल छचल्किएका
काठमाण्डौ दह नियालिरहे !
।।२।।
दहले बर्षौदेखि पत्रैपत्रमा थुपारेका
मलिला पागाँका, बलौटे तथा
दोमट फाँटहरू
मानो लगाएर मुरी उव्जाउन सकिने
फाँटिलो-सरल जीन्दगी बन्ने
थोरै श्रमशिपले पनि मनग्ये हुने
बुद्ददर्शनका परिशिलनहरुमा
मानबले यथेष्ट समय पाउने
कति शान्तसँग, सुन्दर जीबन जिउदा हुन
कल्पना गरि बसे।
।।३।।
यति उपकार त गर्नु नै पर्छ
अठोट लिइ मनमा
सहस्र बल झिकि तनमा
चोभारबाट पानीको निकास गरी
सुन्दर उपत्याकाको कल्पनामा डुविरहे ।
।।४।।
उनले कृष्णको द्वारका सम्झे
इन्द्रलोक सम्झे,
सम्झे कैयौं लोकहरु
बन्ला यो काठमाण्डौ यस्तै सुन्दर
शान्त, सफा, स्निग्ध
श्रम र सिप यहाँका जनजनमा
करुणा, दया, स्निग्धता हरेक मनमनमा
अलौकिक शान्त संसारको सृष्टि
गर्न लागे ।
।।५।।
काठमाण्डौले पनि केहि गति समात्यो
ओममणी पद्मे हुँ’ घन्काइ रह्यो
अब बन्छ भनि उनि बिदा लिए ।
।।६।।
कालान्तरमा दे
शदेशाबरका अनेकौ पिडित र पिडक
यहाँ आइ ओइरिए
खोला, बन, बुट्यान मास्न लागे
जथाभाबी ढुङ्गा र बालुवाका रास उचाले
उध्यान बगैचा सब उजाडे
मल-मुत्र नदीमा मिसाए
बुंङबुङ्ती धुलो उडाए
सुन्दर काठमाण्डौ
भग्नाबशेस बनाए
दिउसै अधेरिने, कोलाहलिने
चित्कार र व्यथाका राग अलापिरहने
निलो र हरियो धरती
एकाएक फुङ्ग(सेतो भयो ।
।।७।।
मन्जुश्री फेरि फर्कनुहुदो हो त रु
कस्ता भाब मनमा आउदा हुन् रु
सुन्दर सभ्यता बनाउने योजना
पिडकको कृडास्थल र खण्डहर
बनेको देख्दा
‘एक गल्ति पहिले गरियो
अब अर्को गल्ति गरिकन
चोभारलाई ट्याम्म थुनिदिऊँ
काठमाण्डौलाई फेरि दह बनाउँ
सकल यहाँका जनहरु
मत्स्य हुदै पून अबतरित होउन
क्रमशः यिनको बुद्धि बढ्दै जाला
अर्को कल्पमा केहि सभ्य बन्ला’
यो कल्प केहि आश भएन
दुर्गतिको भासमा भासिनु भन्दा
बन्द गरि यस्का सब गतिबिधि
अर्को यात्राको कोरौ कृति !

फेसबुकबाट तपाईको प्रतिक्रिया