देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति सबै त्याग तयार छु : लामिछाने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ५
|
1k views

ललितपुर - ललितपुर । रास्वपाका सभापति रवि लामिछानेले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै त्याग तयार रहेको बताएका छन् । रिहा भएलगत्तै चितवनमा विशेष सम्बोधन गर्दै परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू त्याग गर्न तयार रहेको बताएका हुन् । लामिछानेले मिल्न पर्नेहरू अन्तिम समयमा मिलेर अघि बढ्ने पनि बताए ।


भरतपुरको चौबीसकोठीमा सम्बोधन गर्दै उनले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरे । त्यसक्रममा उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुख केही नभएको पनि बताए । उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको दाबी गर्दै उनले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए ।

 पात्रो/राशिफल  रेडियो YouTube