२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीले बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ६
|
9.4k views

ललितपुर । आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यले नयाा रेकर्ड कायम गरेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रुपैयाँ कायम गरिएको छ । शुक्रबार भने चाँदी ४ हजार ५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया