ललितपुर - ललितपुर । जिल्ला प्रशासन कार्यालयको अनुमति बिनै प्रदर्शनमा उत्रिएका मिराज ढुंगाना समूहका जेनजी प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट लखेटेको छ । मिराजलगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।
विहान ११ बजेदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु जिल्ला प्रहरी परिसर काठमाडौं घेराउ गर्न पुगेपछि प्रहरीले ‘ब्यारिकेट’ लगाएर रोकेको छ ।
प्रदर्शनका क्रममा केही जेनजीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर परिसरमा लगिएपछि उनीहरूको रिहाइका निम्ति भन्दै भीड त्यसतर्फ जान खोजेको थियो । त्यसपछि प्रहरीले ब्यारिकेट राखेर उनीहरूलाई माइतीघरबाट परिसरतर्फ अगाडि बढ्न दिएको छैन ।
यसअघि भिड नियन्त्रण गर्न प्रहरीले २० भन्दा बढी ‘जेनजी’लाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जेनजी अगुवा मिराज ढुंगानालाई पनि नियन्त्रणमा लिएको थियो । पछि उनलाई भने छाडिएको छ ।

बिजनेस पाटी