माइतीघरमा सनसन बसे डा. भूसाल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ९
|
1.7k views

ललितपुर - ललितपुर । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले मंगलबार राति १० बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका हुन् ।

जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीको भावना अनुरुप काम गर्ने नसकेको भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अनसन सुरु गरेका हुन् ।

विभिन्न ९ बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. भुसालले आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।

तीन दिनदेखि ‘गरी खान देउ’ अभियानका संयोजक मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलन हुँदै आएको छ । ढुंगाना नेतृत्वको आन्दोलनमा भूसालले समर्थन जनाएका छन् ।

यसअघि गत असोज २३ गते उनलाई गाँजा सेवन गरेको भन्दै माइतीघरबाट पक्राउ गरेर सुधार केन्द्र पठाइएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube