२०८२ फाल्गुन ६ | Feb 18, 2026

रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १०
|
1.3k views


ललितपुर । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगमा सोमबार बयान दिन जाने बताएका छन् ।


आयोगले लेखकलाई शुक्रबारका लागि बयानमा बोलाएको थियो । बिहीबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले आफू सोमबार बयानमा आउने खबर पठाएको बताए । बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा लेखकलाई अधिकांश नेताहरूले बयानमा जान सुझाव दिएका थिए ।


यसैबीच नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न सुझाव दिएका छन् । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापालाई आफ्नो जिम्मेवारी भुलेर अतिरञ्जित हुनेगरी प्रस्तुत नहुन आग्रह गरेका हुन ।

हिजो महामन्त्री गगन थापाले सभापति देउवाले कार्यवाहक दिएपनि शक्ति आफैँ प्रयोग गरिरहेको भन्दै देउवामाथि असन्तुष्टि जनाएका थिए । यता नेपाली कांग्रेसको पुस २६ देखि हुने भनिएको १५औँ महाधिवेशन मिति सर्ने देखिएको छ । क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने कांग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया