ललितपुर । यस वर्षको नवौँ रापती म्युजिक अवार्डमा गीतकार डा रमिल अधिकारीले सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका छन् ।
काठमाडौँमा शुक्रवार सम्पन्न अवार्डमा गीतकार अधिकारीले आऊ एउटा बाचा गरौँ बोलको गीतबाट सुगम सङ्गीत तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका हुन् ।
हाल न्यूजिल्याण्डमा रहेका अधिकारीको प्रतिनिधिको रूपमा प्रिया कार्कीले अवार्ड ग्रहण गरेकी थिइन् ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । विभिन्न ४२ विधामा प्रदान गरिएको अवार्डमा सुगम सङ्गीत गायक तर्फको अवार्ड प्रमोद खरेलले जितेका थिए । यी हुन अवार्ड विजेताहरू
१ सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – हेमराज लामिछाने – हिमाल पहाड तराई
२ सर्वोत्कृष्ट चलचित्र गीतकार – सुरेन्द्र राणा – रुकुम मैकोट
३ सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार – थानेश्वर गौतम – रात किन हुन्छ
४ सर्वोत्कृष्ट चलचित्र गायिका – शान्ति श्री परियार – रुकुम मैकोट
५ सर्वोत्कृष्ट चलचित्र गायक – एस।डी। योगी – रुकुम मैकोट
६ सर्वोत्कृष्ट नवगायिका – रेखा पोख्रेल – माया साह्रै छ
७ सर्वोत्कृष्ट नवगायक – सुरज भुसाल – म सँग जान्छौ होला नि
८ सर्वोत्कृष्ट सुगम सङ्गीत गीतकार – डा। रमिल अधिकारी – आऊ एउटा वाचा गरौँ
९ सर्वोत्कृष्ट सुगम सङ्गीत सङ्गीतकार – रोशन सिंह – बस्छौ भने दिल
१० सर्वोत्कृष्ट सुगम सङ्गीत गायिका – मेलिना मैनाली – रित्ती जाने बैसको
११ सर्वोत्कृष्ट सुगम सङ्गीत गायक – प्रमोद खरेल – बस्छौ भने दिल
१२ सर्वोत्कृष्ट सङ्गीत संयोजक – एच।बी।एन। किस्मत – मायालाई पानको पात
१३ सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो निर्देशक – रामजी लामिछाने – बस्छौ भने दिल
१४ सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडेल महिला – कविता न्यौपाने – कलेजी कटाउने माया
१५ सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडेल पुरुष – विक्रम बुढाथोकी – भाग्य लेख्ने भगवान्
१६ सर्वोत्कृष्ट मौलिक लोकगीत – मिना लामा – आकाशको जुन
१७ सर्वोत्कृष्ट लोकदोहोरी शब्द – नेत्र अर्याल – पानको पसल
१८ सर्वोत्कृष्ट लोकदोहोरी भाका – रमेश परियार – यो ओठमा
१९ सर्वोत्कृष्ट लोकदोहोरी गायिका – देवी घर्ती – खोली सलल
२० सर्वोत्कृष्ट लोकदोहोरी गायक – प्रकाश दूतराज – रेसम
२१ सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक – पदम सुवेदी – मन्दिर छ र
२२ सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कन – विजय भण्डारी – रातो किताब
२३ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडेल ९महिला० – नारायणी खत्री – करीमैले
२४ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडेल ९पुरुष० – पल शाह – करीमैले
२५ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक – विक्रम चौहान – मायालाई पानको पात
२६ सर्वोत्कृष्ट ध्वनि मिश्रण – विमल छिनाल – दुश्मन हेरेको हेरै
२७ सर्वोत्कृष्ट लोक पप शब्द – सुरेश सिवाकोटी – केलाई हतार
२८ सर्वोत्कृष्ट लोक पप सङ्गीतकार – बी पी वाग्ले – म म नै रहन्न
२९ सर्वोत्कृष्ट लोक पप गायिका – सिम्रन परियार – नजरमा नजर
३००सर्वोत्कृष्ट लोक पप गायक – चक्र बम – सौराई लागि
३१ सर्वोत्कृष्ट डायस्पोरा – मञ्जु कोइराला – ए कान्छा
३२ सर्वोत्कृष्ट चर्चित वर्ष गीत – दुर्गेश थापा – दुश्मन हेरेको हेरै
३३ सर्वोत्कृष्ट देउडा गायिका – रेखा जोशी – सुनौँ कि चाँदी हौ
३४ सर्वोत्कृष्ट देउडा गायक – सुनिल नेपाली – इशाराले बोला
३५ इनकरेजमेन्ट अवार्ड – सन्जु पाठक – किन यस्तो भो जिन्दगी
३६ सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड – अंश बर्मा – सिन्दूर फेर्न मिल्छ
३७० सर्वोत्कृष्ट रापती बाल प्रतिभा अवार्ड – रिदम गन्धर्व
३८ एप्रिसिएसन अवार्ड – किस्ना आचार्य – रोशनी निरीमायाको
३९ सर्वोत्कृष्ट रापती नवप्रतिभा अवार्ड – नमराज खड्का
४० जुरी अवार्ड – उत्साह घिमिरे – पोखरामा साइली
४१ जुरी अवार्ड – अर्जुन पोख्रेल – कसम बत्तीको
४२ जुरी अवार्ड – मीन गुरुङ ( तिमीसँगै



















फेसबुकबाट तपाईको प्रतिक्रिया