२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मुल्यमा उल्लेख्य वृद्धि, कति पुग्यो आज ?

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १३
|
18.6k views

ललितपुर । आज साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा खरिदविक्री भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया