|
|
२०८२ पुष १४
1k views
ललितपुर - ललितपुर । लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ।व। २०८१/८२ मा ३७१ अर्ब निक्षेप रुपैयाँ र २८७ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ रहेको छ ।

बिजनेस पाटी