ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचजना कलाकारलाई समानुपातिकतर्फको उमेरदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले समानुपातिकतर्फ उत्कृष्ट पाँच कलाकारलाई उमेदवार बनाएको हो ।
रास्वपाको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा चर्चित गायक तथा अभिनेता प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, अभिनेता तथा रियालिटी शो प्रस्तोता आशिफ शाह, नायिका तथा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा र गायिका सत्यकला राई परेका छन् ।
रियालिटी शो प्रस्तोता आशिफ मुस्लिम, गायिका सत्यकला राई र त्रिसला गुरुङ जनजाति तथा प्रकाश र रिमा दलितको क्लस्टरमा रहेको बन्दसूचीमा उल्लेख छ ।
यस्तै, नायिका तथा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा भने उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य हुन् ।
बालेन–रवि–कुलमान बीचको पाटी एकतापछि रास्वपा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मजबुद बनेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया