२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा भारी गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
39.6k views

ललितपुर । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । लामो समयपछि सुनको मूल्य एकैपटक यति धेरै घटेको हो । आज सुन प्रतितोला ७ हजार ९०० रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम गरिएको छ । सोमबार भने सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी रेकर्ड मूल्यबाट तल झरेको हो । एकैदिन चाँदी तोलामा ३ सय पाँच रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया