२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुधन गुरुङको भूमिकालाई देशले एकसय वर्षसम्म बिर्सने छैन : मेयर बालेन

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
2.7k views

ललितपुर। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सुधन गुरुङको भूमिकालाई देशले १०० वर्षसम्म पनि बिर्सन नसक्ने बताएका छन् ।

उनले सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी अभियन्ता सुधन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । बालेनले सुधनसँगको एक तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनको भूमिकालाई देशले १०० वर्षसम्म पनि नबिर्सने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र आफूबीच एकता गराउन पहल गर्दै अहम भूमिका निर्वाह गर्दै आएका जेनजी अभियन्ता गुरुङको खुलेर प्रशंसा गरेका छन् ।

बालेनले लेखेका छन्, “देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन । लभ यू, ब्रदर ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया