२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटः बुद्धको मूर्ति उपहार दिँदै निर्वाचनमा सहयोग गर्न अपिल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
3.2k views

ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँग भेट गरेकी छन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई बुद्धको मूर्ति उपहार दिँदै मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गरेकी छन्।

आज बिहमान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई दिगो लोकतन्त्रको एकमात्र आधार बताउँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी हुन् ।

मुलुकले थप अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना मागहरू शान्तिपूर्ण ढंगले राख्न र जनताबाट मुद्दा अनुमोदन गराउने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरिन् । प्रधानमन्त्रीले कठिन परिस्थितिबाट देशलाई शान्तितर्फ फर्काएको स्मरण गर्दै निर्वाचनको वातावरण पूर्ण रूपमा बनेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया