रास्वपा समानुपातिक सूचीमा परिन् सहिद रसिककी आमा

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
2k views

ललितपुर - ललितपुर । जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रास्वपा समानुपातिकको सूचीमा परेकी छन् । गत भदौ २३ गते काभ्रेका २३ वर्षीय रसिक खतिवडा सहिद हुन पुगेका थिए। सहिद छोराको न्यायका निम्ति आमा रचनाले आजसम्म निरन्तर आवाज उठाउँदै आएकी छन्। करिव चार महिना हुन लाग्दा पनि सडकदेखि सिंहदरबार र बालुवाटारसम्म छोराको न्यायका लागि उनी धाइरहेकी छिन् ।

आफ्नो छोरको लागि आवाज बुलन्द पार्दै आएकी रचनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा समेटेको छ । उनी खस–आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा सूचीबद्ध छिन्।

एकाएक सबैतिरबाट फोन र म्यासेजहरु आएर आफूलाई राष्ट्रिय स्वतन्त्र पाटीएले समानुपातिकको सूचीमा समेटेको खबर थाहा पाउँदा उनले खुशी लागेको बताएकी छन् ।

यसअघि सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै रास्वपा सभापति रवि लामिछाने जेन–जी आन्दोलनका सहिद परिवारलाई भेट्न बबरमहल पुगेका थिए। त्यतिबेला उनले रसिककी आमाको कारुणिक कथा सुनेका थिए। ुत्यतिबेला सभापति लामिछाने रोएको तस्वीर समेत सार्वजनिक भएको थियो ।

त्यसपछिका दिनहरुमा रास्वपाका तर्फबाट लामिछानेसँग आफ्नोे निरन्तर सम्पर्क भइरहेको र समानुपातिक सूचीमा नाम राख्ने विषयमा समेत छलफल भएको उनले बताएकी छन् ।

यो अवसरलाई ऊर्जा बनाएर सहिदको सपना पूरा गर्न प्रयोग गर्ने बताउँदै रचनाले अब नयाँलाई साथ दिने र यदि आफू संसदमा पुगे आफूजस्तै आमाहरूको आँसुको मूल्य खोज्ने उनले बताएकी छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube