२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल लाइफको पहिलो सामूहिक लगानी कोष ‘समृद्धि लगानी योजना’ लाई बोर्डको अनुमति

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
1.8k views

ललितपुर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रवर्द्धन र नेपाल लाइफ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने गरी ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक बन्दमुखी सामूहिक लगानी कोष ल्याउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

बोर्डले यही पुस १३ गते प्रतिइकाई १० रुपैयाँका दरले १६ करोड इकाई जारी गरी कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको कोष निष्कासन गर्न अनुमति दिएको हो। १० वर्षे अवधिको यो योजना नेपाल लाइफको पहिलो म्युचुअल फण्ड हो।

योजनाका लागि कोष प्रवर्द्धक नेपाल लाइफलाई इक्रा नेपालले र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई रेटिङ प्रदान गरेको छ।

कम्पनीले फण्डबाट संकलित रकम धितोपत्र बजारमा सूचीकृत सेयर, सार्वजनिक निष्कासन, ऋणपत्र, बैंक निक्षेप तथा मुद्रा बजारका उपकरणहरूमा लगानी गर्ने जनाएको छ।

सम्पूर्ण प्रक्रिया पूरा गरी चाँडै सर्वसाधारणका लागि इकाई बिक्री खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया