|
|
२०८२ पुष १६
1.5k views
ललितपुर - ललितपुर । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ ।
आगामी माघ ९ गते क्रिस्टल ब्याङक्वेट मानभवन ललितपुरमा हुने कम्पनीको १० औं वार्षिक साधारणसभाले सर्वसाधारण्का लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । कम्पनीले नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलीलगायतका प्रस्तावित संशोधनहरुका सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बिजनेस पाटी