ललितपुर - ललितपुर । नेपाल राष्ट्र बैंकले विश्व बजारमा इन्धनको मूल्य घटेका कारण मुद्रास्फिति कम हुँदै गएको निश्कर्ष निकालेको छ । आब २०८१/८२ को आर्थिक रिपोर्ट सार्बजनिक गर्दै केन्द्रीय बैंकले सो कुरा उल्लेख गरेको हो ।
रिपोर्टमा भनिएको छ :
विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको तथा विकसित तथा उदीयमान मुलुकहरुका केन्द्रीय बैंकले अवलम्वन गरेको सहज मौद्रिक नीतिका कारण विश्व अर्थतन्त्रको मुद्रास्फिीतिमा सुधार भएकोले नेपालको औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सहजता आउने, छिमेकी देश भारतमा समेत मुद्रास्फिति कम हुँदै जाने, आन्तरिक उत्पादनतर्फ धान लगायत वर्षेबालीको उत्पादनमा हा्रस हुने तथा आगामी निर्वाचनमा हुने खर्चको आँकलनको आधारमा चालु आर्थिक वर्षमा मुद्रास्फितिमा केही चाप पर्न गएता पनि वर्षको अन्त्यसम्ममा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४ प्रतिशतको हाराहारीमा रहने अनुमान रहेको छ । आर्थिक वर्ष २०८२\८३ को प्रथम त्रयमासमा मधेस प्रदेशमा मनसुन ढिला भित्रिएको, असोज महिनामा परेको पानीले धान खेतीलगायत समग्र वर्षे बाली प्रभावित भएकोले धान उत्पादन केही कम हुने देखिएको छ । कृषि क्षेत्र आधुनिक, उत्पादनमुखी र व्यापारिक दिशातिर बढ्दै गएको, मोबाइल एप, डिजिटल कृषि सेवा, सूचना, मल बीउ बिजन तथा प्रविधिमा सुधार भएको, सिँचाइ सुविधामा विस्तार आएको, मल तथा कृषि औजारको सहज आपूर्ति हुँदै गएको, नेपाल सरकारले कृषिमा आयात न्यूनीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको, प्रदेश सरकारहरुले समेत कृषिलाई प्राथमिकतामा राखेकाले अन्य बालीको उत्पादन आर्थिक वर्ष २०८२/८३ मा वृद्धि हुने अनुमान गरिएको छ । साथै, विभिन्न जिल्लाहरुमा राष्ट्रिय कृषि आधुिनकीकरण परियोजनाको ब्लक, पकेट, जोन एवं सुपरजोन विकास कार्यक्रम सञ्चालनमा आएको, उन्नत तथा हाईब्रिड जातको तरकारीको बीउ बिजनको प्रयोग बढ्दै गएको, आधुनिक प्रविधिको प्रयोग र सिँचाइ सुविधामा वृद्धि लगायतका कारणहरुले तरकारी उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको छ ।
औद्योगिक क्षेत्र
२०८२ भदौ २३ र २४ मा जेन्जी आन्दोलनको क्रममा निजी क्षेत्रमा भएको क्षतिका वावजुद ततपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र यस बंकै लेअवलम्बन गरेको मौद्रिक सहजताले औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान रहेको छ । प्राविधिक बिकास, बंैिकङ क्षेत्रमा थपिएको तरलता, घट्दो व्याजदर, अन्तर्राष्ट्रिय रुपमा भएको तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा स्थिरता लगायतका कारण हाल उद्योग सञ्चालनमा सकारात्मक प्रभाव परेको छ । साथै, सरकारले उत्पादनमूलक उद्योगका लागि लिएको नीतिगत व्यवस्था, उद्योगहरुमा निरन्तर विद्युत आपूर्ति, जुत्ता, मिनिरल वाटर, सिमेन्ट लगायतका उत्पादनको निर्यातमा नगद अनुदान तथा वदैेशिक लगानी प्रतिवद्घता, अन्तर्राष्ट्रिय बजारमा केही नेपाली उत्पादनको माग बढ्नु लगायतका कारणले उद्योग क्षेत्र क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ ।
सेवा क्षेत्र
आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रयमासमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य वृद्धि भएकोले विप्रेषण आप्रवाह पनि उत्साहजनकरहेको छ । यस आर्थिक वर्षको भदौ महिनामा विदेशी पर्यटक आगमन न्यून भए तापनि त्यसपछिका महिनाहरूमा सुधार हुदैगएकोलेपर्यटकीय आयमा वृिद्ध हुनुकोसाथैअर्थतन्त्र थप चलायमान हुन सघाउ पुग्ने देखिन्छ । यस अवधिमा क्षतिको पुर्ननिर्माणले तीव्रता लिने र निर्वाचनको कारण यातायात, होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार भई आयात बढ्न सघाउ पुग्ने अनुमान रहेको छ । साथै, बैंकिङ क्षेत्रले सरल ब्याजदरमा लगानी योग्य रकम उपलब्ध गराएका कारण होटल क्षेत्रमा लगानी वृिद्ध हुँदैगएको, आन्तरिक तथा बाह्य पर्यटनमा सुधार भई आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुदै गएको, डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको, खुद्रा तथा थोक व्यापार विस्तार भएकाले सेवा क्षेत्रमा सुधार आउने देखिन्छ ।
पूर्वाधार क्षेत्र
सडक तथा पुल पूर्वाधारअन्तर्गत प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्ग, सहरी तथा स्थानीय सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्य भइरहेको, निजी तथा सरकारी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन निर्माण, सुरुङमार्ग निर्माणजस्ता केही महत्वपूर्ण पूर्वाधार आयोजनाहरूको कामले गति लिएको छ । त्यसैगरी, हुलाकी लोकमार्ग, कोशी करिडोर, कालीगण्डकी करिडोर, कर्णाली करिडोरहरुको भौतिक प्रगति १०० प्रतिशत भएको, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाहरु २०८२÷८३ मा निर्माणमा तिव्रता आई निर्माण सम्पन्न हुने अनुमान रहेको छ । साथै, सूचना प्रविधिको पहुँचमा तीब्र विकास हँदुैगएको, राष्ट्रिय एवम् प्रादेशिक गौरवका आयोजनाहरुको निमार्ण कार्य तिव्र गतिमा हुनेआँकलनका आधारमा समग्रमा पूर्वाधार क्षेत्रकोविस्तार सकारात्मक हनु देखिन्छ । जलवायु परिवर्तनका कारण मौसमी विपत्तीका कारण बाढी र पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण भौतिक पूर्वाधारमा पुग्ने क्षतिले पूर्वाधार क्षेत्रमा केही नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

बिजनेस पाटी