वैज्ञानिकहरूका अनुसार सुपर फ्लु पनि एक किसिमको मौसमी फ्लुनै हो । तर यो अलि चाँडै फैलने भएकाले यसलाई सुपर फ्लु भनिएको हो । हाल विश्वमा विशेषतः बेलायत, क्यानडा, फ्रान्स, स्पेन, जर्मनी, अमेरिका र जापानमा सुपर फ्लु भाइरस तीव्र रफ्तारमा फैलिरहेको छ ।
युरोपेली मुलुकमहरूमा फैलिरहेको सुपर फ्लु भाइरस कतै नेपालमा पनि भित्रिने त होइन ? यो जिज्ञासा, चासो तर चिन्ता यतिबेला सबै स्वास्थ्यकर्मीमाझ बढेको छ । नेपालमा हरेक वर्ष विशेषगरी फ्लु एअन्तर्गत स्वाइन फ्लु (एचवान एनवान) र हङकङ फ्लु (एचथ्री एनटु) देखिँदै आइरहेको छ। हाल भने विशेषत हङकङ फ्लु (एचथ्री एनटु)ले अग्रता लिएको देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनका अनुसार, सुपर फ्लु भाइरसलाई विश्व स्वास्थ संगठनले एचथ्रीएनटु अन्तर्गतको सबक्लेड ‘के’ नामकरण गरेको छ। तर सञ्चारमाध्यमहरूले भने यसलाई ‘सुपर फ्लु’ को संज्ञा दिएका छन्।
वैज्ञानिकहरूले भने सुपर फ्लुको निगरानी प्रणाली सुदृढ गर्न, जोखिम समूहलाई खोपमा प्राथमिकता दिन, स्वास्थ्य संस्था एवं जनशक्तिलाई तयारी अवस्थामा राख्न र जनस्वास्थ्य सतर्कता (मास्क, हातधुने, बिरामी हुँदा आइसोलेसन० अपनाउन आह्वान गरेका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले विश्वका विभिन्न मुलुकहरूमा यो भाइरस फैलिरहेको जनाएको छ। तर, हालसम्म उपलब्ध तथ्यांकले रोगको गम्भीरतामा वृद्धि भएको संकेत नगरेको डब्लूएचओले उल्लेख गरेको छ। यद्यपि, भाइरसको विकास क्रममा उल्लेखनीय परिवर्तन आइरहेको जनाएको छ।
डब्लूएचओका अनुसार, दक्षिण अमेरिकाबाहेक विश्वका धेरै भागहरूमा सब–क्लेड केका भाइरसहरूको पहिचान ९डिटेक्सन० बढ्दो क्रममा रहेको छ। विशेषगरी सन् २०२५ को अगस्टदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सब–क्लेड के भाइरसहरू स्पष्ट रूपमा पत्ता लागेको छ। पछिल्ला ६ महिनामा विश्वका ३४ भन्दा बढी मुलुकमा ती भाइरसहरू पत्ता लागिसकेका छन्।
पछिल्ला दिनहरूमा सुपर फ्लुको सबैभन्दा बढी अमेरिकाको न्युयोर्क, म्यानहटन, लुसियाना, कोलोराडो राज्यमा फैलिएको छ। अन्तर्राष्ट्रिय एवं आन्तरिक यात्राको केन्द्र एवं घटना जनसंख्या भएको न्युयोर्कमा सुपर फ्लुको जोखिम उच्च रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यसबाहेक आइल्यान्ड र न्यु जर्सीमा पनि सुपर फ्लुका बिरामी भेटिएका छन्।
यसका लक्षणहरू
– उच्च ज्वरो आउने
– शरीर दुख्ने
– अत्यधिक थकान महसुस हुने
– लगातार खोकी लाग्ने
– घाँटी दुख्ने
– कडा टाउको दुखाइ
सुपुर फ्लुका जोखिममा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाहरू पर्दछन् । साथै दम, मधुमेह, मुटु रोग जस्ता दीर्घरोगी र कमजोर प्रतिरक्षा भएका व्यक्ति पनि उच्च जोखिममा पर्दछन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया