राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ झिक्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २०
|
1.1k views

ललितपुर - ललितपुर । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज आज फेरि २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम बजारबाट झिक्न लागेको हो।

करिब १० वर्षको अन्तरालपछि गत सातादेखि ऋणपत्र जारी गर्न सुरु गरेको राष्ट्र बैंकले यसै साताभित्र तेस्रो पटक यो उपकरण प्रयोग गरेको हो। यसअघि गत सोमबार र बुधवार पनि बैंकले २५र२५ अर्ब रुपैयाँका दरले बजारबाट रकम झिकेको थियो।

यो ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता हुन पाउनेछन् भने खरिद गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक वा राष्ट्र बैंकमा धितो राखी कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन्।

बित्तीय प्रणालीमा लगानीयोग्य रकम मनग्य जम्मा भएपछि ब्याजदर सन्तुलनमा राख्न र तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय छिटो छिटो बजारबाट पैसा झिक्दै आएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube