युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् । करिब चार वर्षको युद्धमा रुसी ड्रोन आक्रमणको लहर सहेको युक्रेनले तत्काल कुनै टिप्पणी गरेको छैन । रुसी उड्डयन नियामक रोसाभियात्सियाका प्रवक्ताले ग्रीनचि ुमय अनुसार विहान १ः०० देखि २ः०० बजेसम्मको बीचमा सेवा बन्द गर्ने घोषणा गरेका थिए । “उडानको सुरक्षा सुनिश्चित गर्न प्रतिबन्धहरू आवश्यक छन्,” आर्टेम कोरेन्याकोले टेलिग्राममा भन्नुभएको छ। उहाँले भन्नुभयो, “भनुकोभो, डोमोडेडोभो र झुकोभस्कीमा केही समय सेवा अवरूद्ध भएको र केही घण्टा पछि आंशिक रूपमा सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । मस्कोका मेयर सर्गेइ सोब्यानिनले आइतबार राजधानीतर्फ जाँदै गरेको कम्तीमा २७ वटा ड्रोन खसालेको जानकारी दिनुभएको छ। सन् २०२२ मा आफ्नो छिमेकीमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको रुसले युक्रेनी ड्रोन आक्रमणको जवाफमा पटकपटक आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया