३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार ‘काराकास स्टक एक्सचेन्जु (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ। विश्व राजनीतिमा विरलै देखिने यस किसिमको दृश्य हाल भेनेजुएलाको शेयर बजारमा देखिएको छ।
४ दिन अघि मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएपछि सोमबार पहिलोपटक त्यहाँको शेयर बजार खुलेको थियो । पहिलो कारोबारै दिन अर्थात् जनवरी ५ मा शेयर बजारमा यस्तो उछाल आयो कि जसले पछिल्ला धेरै वर्षका रेकर्डहरू तोडिदियो। उक्त दिन त्यहाँको मुख्य शेयर सूचक ुआईबीसी इन्डेक्सुएकै दिन ३६७ अंक अर्थात् १६.४५ प्रतिशतले बढेर दुई हजार ५९८ अंकमा बन्द भयो। यसअघिको पछिल्लो कारोबार दिन बजार दुई हजार २३१ अंकमा सीमित थियो। यो वृद्धि यस वर्षकै सबैभन्दा ठूलो एक दिने वृद्धि हो। लगानीकर्ताहरूमा राजनीतिक परिवर्तनसँगै अमेरिकी प्रतिबन्धहरू फुकुवा हुने र अर्थतन्त्र पुनः लयमा फर्किने ठूलो आशा पलाएको यसले पुष्टि गर्छ।














फेसबुकबाट तपाईको प्रतिक्रिया