ललितपुर। आज प्रधानमन्त्री सुशीला कार्कीलाई थारू समुदायका प्रतिनिधिमण्डले प्रतिनिधिमण्डलले भेटर आउँदै गरेको माघी महोत्सवको निम्ता दिएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई माघी महोत्सवमा उपस्थितिका निम्ति औपचारिक निम्तो समेत दिएका छन् ।
माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे ।
त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न र संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको तर्फ ध्यानाकर्ष गराएपछि प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखेकी थिइन् ।
‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो ? यो कुरा मैले पनि बुझ्न सकरिहेको छैन । म यसप्रति चिन्तित छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।’
यो देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उनको भनाइ थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया