|
|
२०८२ पुष २४
1.9k views
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई बिचमा फोन वार्ता भए पछि पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गरेका छन् ।
ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबीचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउदै निकट भविष्यमा उनलाई भेट्न उत्सुक रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले राज्य सचिव मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको लागि व्यवस्था भइरहेको उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गरेका छन् ।
यसैबीच, कोलम्बियाका मिडियाहरूले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उनले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानलहरू पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।

बिजनेस पाटी