|
|
२०८२ पुष २४
1.2k views
ललितपुर । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज मिति २०८२/०९/२३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएको छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ज्यू र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ज्यू लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मिति २०८२/०९/२१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया