कांग्रेसमा विभाजनको संकेत प्रष्ट : विशेष महाधिवेशन उद्घाटनकै दिन संस्थापन पक्षको अर्को कार्यक्रम

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २४
|
3.8k views

ललितपुर - ललितपुर। नेपाली कांग्रेसमा पार्टी विभाजनको संकेत प्रष्ट देखिएको छ । विशेष महाधिवेशनको उद्घाटनको मिति तय भएपछि सोही दिन अर्को औपचारिक कार्यक्रम राख्नुले कांग्रेसभित्रको फुटको संकेत प्रष्टै देखिएको छ ।

दुई महामन्त्री नेतृत्वको समूहले पार्टीको विशेष महाधिवेशनको उद्घाटनको लागि आगामी आइतबार अर्थात पौष २७ गतेको मिति तय गरिसकेपछि सोही मितिमै संस्थापन पक्षले अर्को औपचारिक कार्यक्रम घोषणा गर्नुले पनि पार्टीभित्रको फुट छताछुल्ल भएको हो ।

संस्थापन पक्षले विशेष महाधिवेशनकै दिन युवा भेला गर्ने घोषणा गरेको छ । विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको उद्घाटनको कार्यक्रम राखेकै दिन संस्थापन पक्षले पार्टी मुख्यालय सानेपामा युवा भेला गर्ने भएको छ ।

संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवासँग आज भएको छलफल पश्चात् युवा भेलाको आयोजना गर्ने घोषणा गरेको र २८ गते पनि जिल्ला सभापतिहरूको भेला आयोजना तयारी गरिरहेको छ ।

संस्थापन पक्षले काउन्टर कार्यक्रम आयोजना गर्नको लागि सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायत सहभागी भएको बताइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube