आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको २८औँ बार्षिक साधारणसभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २४
|
1.1k views

ललितपुर - ललितपुर । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारणसभा सम्पन्न आज (पौष २४ गते) काठमाडौंको नक्साल स्थित अम्रपाली बैङ्क्वेटमा सम्पन्न भएको छ ।

साधारणसभामा सम्पूर्ण शेयरधनीहरूलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सोको विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै बताए । अध्यक्ष ढकालले भने, “कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुंच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने गरिन्छ । यही मान्यतालाई आत्मसाथ गर्दै बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्यका साथ यस कम्पनीले आफ्नो स्थापनाको २८औं बर्ष सफलतापूर्वक पूरा गरिसकेको छ । बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहंदै आएको छ ।”

समिक्षा बर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धी प्रस्ताव शेयरधनीद्धारा सभामा सर्वसम्मतीबाट स्वीकृत भयो ।

त्यसैगरी कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने व्यहोरा समेत अध्यक्ष ढकालले सभालाई जानकारी गराए ।

यसैगरी चालु आर्थिक बर्षको भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अरब ४४ करोडको दावी परेको छ भने असोज १८ गते देखिको अविरल बर्षा, बाढी पहिरोबाट करिब ४ अरब बराबरको दावी परेको छ । यद्यपी, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुंदै जाने अपेक्षा गर्दै दीर्घकालिन रुपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने बिचार व्यक्त गरे ।

सभामा अध्यक्ष ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको बर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिंदै आएको र चालु आर्थिक बर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालार्ई जानकारी गराए

त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २८औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वगात गर्दै कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने व्यहोरा सभालाई जानकारी गराए ।

चुक्ता पूंजी रु.३ अरब २ करोड सहित निर्जीवन बीमा कम्पनीहरुमा सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा कम्पनी रहेको छ । कम्पनीको व्यावसायमा पनि क्रमिक रुपमा वृद्धि हुंदै गएको छ । समीक्षा आ.ब.मा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र व्याजदरमा आएको कमीका कारण व्यावसय वृद्धि हुने अवेक्षा गरिएको थियो तर बैंकको कर्जाको व्याज एकल अंकमा आउंदा समेत अपेक्षाकृत ऋण लगानीमा वृद्धि हुन सकेन जसको वावजुत आषातित व्यावसाय समेत वृद्धि हुन सकेन त्यसैगरी नेपाल सरकारको विकास खर्च न्यून भएबाट देशमा ठूला ठूला आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको पनि श्रेष्ठले सभालाई जानकारी गराए ।
यस्तै गत आ.ब. २०८०।०८१ मा निर्जीवन बीमा क्षेत्रको कूल बीमा प्रिमियम आर्जन रु.४१ अरब १७ करोड रहेकोमा समीक्ष बर्षमा ६.७७ प्रतिशतले बृद्धि भई रु.४३ अरब ९५ करोड रहेकोछ । त्यसैगरी कम्पनीले गत आर्थिक बर्ष २०८०।०८१ मा हासिल गरेको बीमा प्रिमियम रु.३ अरब ६३ करोड ६१ लाखमा ६.३२ प्रतिशतले वृद्धि गरी समीक्षा बर्षमा रु.३ अरब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । त्यसै गरी समीक्षा बर्षमा कम्पनीले कूल दावी संख्या १८ हजार ५सय को लागि रु.२ अरब ४६ करोड ३३ लाख वरावरको दावी भुक्तानी गरेको छ भने नेपाल सरकारलाई विभिन्न कर वापत कूल रु.७९ करोड ८७ लाख भुक्तानी गरी राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याएको पनि सभालाई जानकारी गराए ।

कम्पनीले नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको स्वस्थ्यलाई विशेष ध्यानमा राखी आइजीआई हेल्थ केयरस् नयां बीमा योजना मार्फत सेवा शुरु गरेको र यस योजनाले व्यक्ति तथा परिवारको स्वास्थ्य बीमामा सहज सेवा प्रदान हुने लक्ष कम्पनीको रहेको छ । जसबाट नेपालमा रहेका सबैजसो अस्पतालहरुबाट नगद रहित सेवा प्रदान गर्ने गरी हाम्रो नेटवर्कमा सहभागी भई सेवा प्रदान गरिरहेका छन् भने भारतमा पनि यो सेवा प्राप्त हुने जानकारी गराए ।

त्यसैगरी कम्पनीले पहिलो पटक नेपालमा विश्वभरबाट टे«ेकिङ्ग र पर्वतारोहणको लागि आउने विदेशी नागरिकहरुको लागि हिमालयन ग्रया्जुएसन नेपालसँंगको सहकार्यमा आइजीआइ टुरिष्ट इन्स्योरेन्स पोलिसीको सुरुवात गरेको छ । जसबाट नेपालका विभिन्न ठाउंमा टे«ेकिङ्ग र विभिन्न हिमश्रृखलाहरुको पर्वतारोहणको लागि आउने विदेशीहरुले दुघटना तथा उचाइजन्य रोग भएमा नगद रहित रेस्क्यू र औषधोपचार प्राप्त गर्न सक्ने गरी नयां बीमालेखको शुरुवात गरेको पनि सभामा शेयरधनीहरुलाई जानकारी गराए ।

कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई अझै प्रभावकारी बनाउंदै कम्पनीसंग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिएका छौं । नेपाल बीमा प्राधिकरण लगायत कम्पनीको नियमानकारी निकायहरुबाट समय समयमा जारी हुने निर्देशनलाई विशेष महत्वका साथ परिपालन गर्दै कम्पनी अगाडी बढिरहेको छ । त्यसै गरी चुक्ता पूंजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यावसायमा विषेश ध्यान दिंदै आएको छ र यसलाई अझै स्तरोन्नती गर्दै लाने गरी कार्यहरु भईरहेको व्यहोरा श्री श्रेष्ठले सभालाई जानकारी गराए ।

अन्तमा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २८औँ बार्षिक साधारण सभामा भाग लिई सबै प्रस्तावहरुलाई कर्तल ध्वनीका साथ अनुमोदन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै अमूल्य सुझावहरु दिनुहुने सम्पूर्णको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकायहरु, नेपाल बीमा प्राधिकरण लगायत नियमक निकायहरु तथा ग्राहकहरुप्रति धन्यवाद व्यक्त गरे ।

 पात्रो/राशिफल  रेडियो YouTube