|
|
२०८२ पुष २५
6.1k views
ललितपुर । नेपाली बजारमा पछिल्लो समय निकै आकाशिएको सुनको मूल्य आज पनि बढेको छ । आज छापावाला सुन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम गरिएको छ । विहीबार भने सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा खरिदविक्री भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । विहीबार भने चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया