२०८२ फाल्गुन ६ | Feb 18, 2026

आईएमई लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २५
|
1.3k views

ललितपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २४ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौंको धुमवाराही  स्थित दियो महलमा सम्पन्न भएको हो । 

उक्त सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को  वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण पारित गरेको छ । वित्तिय विवरणसँगै उक्त सभाले आ.व. २०८२/८३ को लागि कम्पनीको वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  

उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पुँजीको १०.५२६३२ प्रतिशतका दरले हुने रकम ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । भने सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ । 

सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने आदरणीय सेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु, कम्पनी प्रति विश्वास र भरोसा गर्ने समस्त बीमितहरु, नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनीहरु, कम्पनीका कर्मचारीहरु, मेरुदण्डकारुपमा रहेका अभिकर्ताहरु, बैंक तथा वित्तीय संस्थाहरु एवंम् अन्य शुभेच्छुकहरु सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया