वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २५
|
1.9k views

ललितपुर - ललितपुर । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच बिहीबार सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube