ललितपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा काठमाण्डौं सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक बर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.५,०३१,२३२,०००(अक्षरुपी : पाँच अर्ब तिन करोड बाह्र लाख बतीस हजार मात्र) को ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया