ललितपुर । निवर्तमान ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्। यो निर्णय अनुमोदनका लागि उज्यालो नेपालको केन्द्रीय समिति बैठक बस्दैछ। बैठक पछि पत्रकार सम्मेलन गर्ने तयारी छ । यसअघि कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउने गरी रास्वपासँग एकता गर्दा उज्यालो नेपालका तर्फबाट अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए। उक्त सहमतियता रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच निरन्तर छलफल भए पनि अन्य विभिन्न विषयमा कुरा नमिल्दा एकता टुटेको हो।
रास्वपा सभापति लामिछाने र घिसिङबीच पार्टी एकता गर्ने पुस १४ को निर्णय कार्यान्वयनबारे पटक पटक कुरा हुँदा पनि सहमति जुट्न नसकेर एकताको सहमति १२ दिनमै तोडिन पुगेको हो ।
रास्वपा सचिवालयको आज दिउँसो बसेको भर्चुअल बैठकमा सभापति लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता बचाउन नसकेको ब्रिफिङ गरेका थिए । रास्वपा श्रोतका अनुसार उज्यालो नेपालले पार्टीको नाम फेर्नेदेखि प्रत्यक्षतर्फ क्षेत्रहरू तोकेर आफूलाई चाहिनेसम्म अडान राखेको थियो। एकता स्थगित गर्ने सचिवालय बैठकले निर्णय लिएको छ।
रास्वपा पार्टीको विचारधारा परिवर्तनको उनेपाको मागमा असहमत भएको छ ।त्यसैगरी लोकतान्त्रिक होइन बामपंथी पार्टी बनाउनु पर्ने , पार्टीको नाम वा चुनाब चिन्ह परिबर्तन हुनेपर्ने ,केन्द्रिय सदस्य देखि पदाधिकारी हुदै स्थानीय तह सम्म पार्टीको ५० प्रतिशत हिस्सेदारी भागबण्डा , बालेन शाह भन्दा भन्दा माथी बरिष्ठ उपसभापतिको दर्जा हुनुपर्ने ,आगामी महाधिबेसन पछी कुलमान लाइ सभापति बनाउनुपर्ने पुर्ब सुनिस्चितता बालेन र कुलमान आधा आधा कार्यकाल प्रधानमंत्री हुन पाउनु पर्ने वा त्यो नभए २०८७ मा हुने आम निर्वाचनमा कुलमान लाइ त्यस पछिको ५ बर्षको लागी प्रधानमंत्री घोसणा गरेर जानुपर्ने , बालेनको नेतृत्वमा बन्ने नयाँ सरकारमा कुलमान पक्षबाट कम्तिमा १० जना मंत्री बनाउन पर्ने सुनिस्चितता अहिलै हुनुपर्ने मागमा रास्वपा असहमत भएको जनाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया