सभापति र प्रधानमन्त्री हुने कुराले मलाइ लोभ्याउँदैन, पार्टी विभाजन नहोस् : डा. कोइराला

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २७
|
1.1k views

ललितपुर - ललितपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत रहेको बताएका छन् । उनले आफूलाई मन्त्री, महामन्त्री, सभापति र प्रधानमन्त्री ज स्ता पदले नलोभ्याएको प्रष्ट पारेका छन् ।

कांगे्रसको विशेष महाधिवेशन पक्षधरद्धारा आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन भइरहेको सन्दर्भमा उनले आज एक भिडिओ सन्देश जारी गर्दै आफू पार्टीगत रुपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पारेका छन्।

उनले भिडियो सन्देशमार्फत् भनेका छन्, “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन, म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन, यस्ता अवसरहरू आए तर, मैले रुचि देखाइन, त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाइ लोभ्याउँदैन” ।

नेता कोइरालाले आफ्नो परिवारको जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको बताए। नेता कोइरालाले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको जानकारी गराएका छन्। महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएका उनको भनाइ छ ।

 पात्रो/राशिफल  रेडियो YouTube