|
|
२०८२ पुष २८
1.5k views
ललितपुर । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम राखेको छ । सुन आज एकैदिन तोलामा ४ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ भने चाँदीको मूल्ष् पनि आज प्रतितोला २ सय ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ कायम गरिएको छ । आइतबार भने सुन प्रतितोला २ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि उच्चदरले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया