२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक साढे १ अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २९
|
1.2k views

ललितपुर । आज मंगलबार अर्थात् साताको दोस्रो सेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

सोमबार अर्थात् अघिल्लो सेयर कारोबारको दिन ५.५४ अंक बढेर २६३५.०० विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही सेसनमा १.६९ अंक घटेर २६३३.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ४३ स्टकको ९० पटकको कारोबारमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ २० पैसाबराबरको २७ हजार ३९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया