|
|
२०८२ पुष २९
21.8k views
ललितपुर - ललितपुर। भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोट हुँदा ९ जना नेपाली नागरिकको ज्यान गएको छ । मृत्यु हुने नेपालीहरू सबै सल्यान जिल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान गएको हो ।
प्राप्त जानकारीअनुसार घटनामा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक, राजन विक, ४७ वर्षीय काशिराम विक, उगकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको हो ।

बिजनेस पाटी