|
|
२०८२ पुष ३०
20.9k views
ललितपुर । यो साता तीव्र गतिमा बढिरहेको सुन र चाँदीको मूल्यमा आज पनि उल्लेख्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला १ हजार ५०० रुपैयाँका दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा खरिदविक्री भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ सय १५ रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ कायम गरिएको छ । मंगलबार भने चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया