ललितपुर । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव”( डिजिटल प्रबद्र्धन महिना सञ्चालनगर्ने भएको छ । बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबद्र्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम “महालक्ष्मी माघ महोत्सव” मनाउन थालिएको हो ।
दैनिक कूल कारोबार संख्यामा बैंकको डिजिटल कारोबारको संख्याऔसतमा ८० प्रतिशत बढी रहेको यस बैंकले यस्तो कारोबारहरुलाई थप वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ । विभिन्न सुविधाहरु मध्ये मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी”मार्फत मुद्धती खोल्दा बढी ब्याजदर प्रदानगर्ने भएको छ । यस अन्तर्गत ग्राहकहरुले मोबाइल एपमार्फत मुद्धती खाता खोल्दा बैंकले व्यक्तिगत मुद्धतीमा प्रदान गर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्तगर्न सक्नेछन् । स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्दती खाताहरुमा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रहि ब्याज प्रदान गर्नेछ ।
त्यसैगरी “महालक्ष्मी माघ महोत्सव” लाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्नेछ । साथै, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ्ग दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गर्नेछ । ग्राहकहरुले मोबाइल एपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशतवा रु. २०० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको सुचना प्रदान गर्ने “कोइली”दर्ता गर्दा समेत शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागू हुनेछ ।
यस प्रकारको अभियान बाट बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, डिजिटल सेवालाई थप विस्तार गर्न तथा प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै नगद कारोबारको सिमा घट्दै जाँदा यस अभियानले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास समेत बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले यस अघि नै फोन पे ९ायलभउबथ० सँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवाप्रदायकहरु जस्तै भिमपे, यु.पि.आई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी भुक्तानी गर्न मिल्ने ब्यवस्था समेत मिलाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया