ललितपुर । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारले पाँच खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन विवरणअनुसार लक्ष्यको तुलनामा संकलनमा केही सुधार देखिए पनि अपेक्षाअनुसारको प्रगति भने हुन सकेको छैन ।
अर्धवार्षिक अवधिमा कर तथा गैरकर शीर्षकबाट उल्लेख्य रकम संकलन भएको हो । भन्सार महसुल, मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकर राजस्वका मुख्य स्रोतका रूपमा रहेका छन् । पछिल्ला महिनामा आयातमा देखिएको आंशिक सुधारले भन्सार राजस्व बढ्न सहयोग पुगेको सरकारी अधिकारीहरूको भनाइ छ ।
यद्यपि, आर्थिक गतिविधि सुस्त रहँदा राजस्व संकलनमा दबाब कायमै रहेको देखिन्छ । निजी क्षेत्रको लगानी कमजोर, उपभोग घट्दो र कर्जा प्रवाह अपेक्षाअनुसार नबढ्दा कर संकलनमा असर परेको अर्थविद्हरूको विश्लेषण छ ।
सरकारले चालु आर्थिक वर्षका लागि महत्वाकांक्षी राजस्व लक्ष्य तय गरेको भए पनि पहिलो छ महिनाको संकलनले आगामी दिनमा लक्ष्य भेट्न थप सुधार आवश्यक रहेको संकेत गरेको छ । राजस्व प्रशासन सुदृढीकरण, करको दायरा विस्तार र चुहावट नियन्त्रणमा जोड दिए लक्ष्य हासिल गर्न सकिने मन्त्रालयको विश्वास छ ।
आगामी महिनाहरूमा आर्थिक गतिविधि चलायमान भए राजस्व संकलनमा थप गति आउने अपेक्षा गरिएको छ ।













फेसबुकबाट तपाईको प्रतिक्रिया