निर्वाचन आयोग पुग्यो देउवा समूह, कांग्रेस आधिकारिकतामा आमनेसामने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
969 views

ललितपुर - ललितपुर नेपाली कांग्रेसभित्रको विवाद थप चर्किँदै गएको छ । शेरबहादुर देउवा नेतृत्वको समूह पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ ।
देउवा समूहले आफूहरू नै कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै केन्द्रीय समिति, पदाधिकारी र संगठनिक संरचनाबारे आयोगमा जानकारी गराएको छ । पार्टी अद्यावधिक र निर्णय प्रक्रियालाई लिएर उत्पन्न विवाद औपचारिक रूपमा निर्वाचन आयोगसम्म पुगेको हो ।
यसअघि गगन थापा नेतृत्वको पक्ष पनि आयोग पुगिसकेको अवस्थामा दुबै समूह आमनेसामने भएका छन् । कांग्रेसको आधिकारिकता कसको भन्ने विषय अब आयोगको अध्ययन र निर्णयमा निर्भर हुने देखिएको छ ।
निर्वाचन आयोगले प्राप्त कागजात र दाबीको परीक्षणपछि कानुनी प्रक्रिया अनुसार अघि बढ्ने जनाएको छ । कांग्रेसभित्रको शक्ति संघर्षले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube