ललितपुर - ललितपुर । १९ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/ ८२ को लागि लाभांश घोषणा गरेका छन् । जसमध्य ११ वटा जीवन बीमा कम्पनी र ८ वटा निर्जीवन बीमा कम्पनी छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, हिमालयन लाइफ, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र जीवन बीमातर्फ एशियन लाइफ इस्योरेन्स, सूर्यज्योति लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरेका हुन् ।
नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत ,सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ५ प्रतिशत नेपाल इन्स्योरेन्सले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६ दशमलव ३१५८ प्रतिशत शिखर इन्स्योरेन्स कम्पनीले ६ दशमलव ३१५८ प्रतिशत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत एनएलजी इन्स्योरेन्स कम्पनीले कुल ७ दशमलव ३६८४ प्रतिशत एशियन लाइफ इस्योरेन्सले ५ १०.५२६३ प्रतिशत आइएमई लाइफ इन्स्योरेन्सले १० दशमलव ५२६३ प्रतिशत नेपाल लाइफले २१ दशमलव ०५ प्रतिशत सिटिजन लाइफले २० प्रतिशत सन नेपाल लाइफले २० दशमलव २६३२ प्रतिशत नेशनल लाइफले १२ दशमलव ५ प्रतिशत सानिमा रिलायन्स लाइफले १० दशमलव १७८ प्रतिशत प्रभु महालक्ष्मी लाइफले ८ दशमलव ४२१ प्रतिशत सूर्यज्योति लाइफले १३ प्रतिशत लाभांश रिलायबल नेपाल लाइफले १२ प्रतिशत लाभांश एलआइसी नेपालले २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको गरेका हुन् ।

बिजनेस पाटी