ललितपुर - ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालययको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सुनुवाइका लागि यही माघ ६ गतेलाई पेशी तोकिएको छ।
शुक्रबार युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिट आज (आइतबार) सर्वोच्चले दर्ता गरेको निवेदक सफलले जानकारी दिए। उनले भने, ‘लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय विरुद्ध सर्वोच्च अदालतमा आज मुद्दा दर्ता भएको छ। माघ ०६ गते पेशी पाएको अवस्था छ।”
साथै महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय र लामिछानेलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

बिजनेस पाटी