ललितपुर । आज साताको पहिलो सेयर कारोबारको दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो शेयर कारोबार दिन अर्थात् गत बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने १.१७ प्रतिशत बढेर बन्द भएको हो।
आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंक बढेको छ।
नेप्से बढेसँगै आज कारोबार रकम समेत बढेको छ । गत बुधबार ६ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३३८ स्टकको ९५ हजार ४४५ पटकको कारोबारमा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य आज सबैभन्दा बढी ८.७८ प्रतिशत घटेको छ।
साताको पहिलो कारोबार रकमका आधारमा आज मञ्जुश्री फाइनान्स फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ र श्रीेनगर एग्रीटेकको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
त्यसैगरी आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।










फेसबुकबाट तपाईको प्रतिक्रिया