|
|
२०८२ माघ ७
1.2k views
ललितपुर – आगामी फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा सुरु हुन लागेको आइसीसी टी(२० विश्वकपमा भारत(बंगलादेश विवादले चर्चा पाएको छ ।
बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० ले सुरक्षा चिन्ता जनाउँदै आफ्नो टिमले भारतमा हुने खेलहरू नखेल्ने अडान लिएको छ। यसअघि कोलकाता नाइट राइडर्स ९केकेआर० ले बंगलादेशका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ टोलीबाट हटाएपछि दुई देशबीच तनाव सुरु भएको हो ।
यस विषयमा पाकिस्तानले आइसीसीलाई पत्र लेख्दै बंगलादेशको अडानलाई समर्थन गर्ने जनाएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ । आईसीसीले भने टूर्नामेन्टको तालिका पहिले नै सार्वजनिक भइसकेको भन्दै कुनै पुनर्विचार गरेको छैन ।
टी(२० विश्वकपको समूह चरणमा बंगलादेशको पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तालिका छ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया