ललितपुर – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.४३ अङ्कले घटेर २,७०५.३८ बिन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज ३२४ कम्पनीका दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६.९९ पुगेको छ ।
कारोबार भएका उपसूचकमध्ये अन्य समूहको उपसूचक ०.२६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूह ओरालो लागेका छन् । बैंकिङ समूह ०.१८, विकास बैंक ०.५९, वित्त १.६७, होटल तथा पर्यटन १.८८ र जलविद्युत् समूह ०.०३ प्रतिशतले घटेको छ ।
त्यसैगरी लगानी समूह ०.६४, जीवन बिमा ०.३६, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.२६, म्युचुअल फण्ड ०.६५, निर्जीवन बिमा ०.३० तथा व्यापार समूह १.२१ प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा आज कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी गिरावट गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा देखिएको छ, जसको मूल्य ५.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै रु ४३ करोड ३६ लाख ३६ हजार ४१३ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया