सडक दुर्घटनामा एकको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
6.7k views

ललितपुर - ललितपुर – इलामको देउमाई नगरपालिकामा भएको अटो दुर्घटनामा एक युवकको ज्यान गएको छ । जितपुरबाट मङ्गलबारेतर्फ जाँदै गरेको अटो देउमाई नगरपालिका–३ स्थित पानीटार चियाबारी नजिक आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा देउमाई नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेल गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube