|
|
२०८२ माघ ८
1.8k views

ललितपुर - ललितपुर । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्ज नाका हुँदै रु ४८ अर्ब १० करोड मूल्यका वस्तु विदेशी मुलुकमा निर्यात भएका छन्। यो गत आवको सोही अवधिको भन्दा ५२ प्रतिशत अर्थात् रु १६ अर्ब ४३ करोड बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, चालु आवमा रु २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल, रु ३ अर्ब ४८ करोड मूल्यको फलफूलको जुस, रु ३ अर्ब ५५ करोड मूल्यको सूर्यमुखी तेल, रु २ अर्ब २५ करोड मूल्यको पाम तेल र रु १ अर्ब ७८ करोड मूल्यका विभिन्न कपडा निर्यात भएका छन् ।

बिजनेस पाटी