दिल्ली अदालतद्धारा सलमान खानलाई एआई मुद्दामा नोटिस जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
1.5k views

ललितपुर -
ललितपुर । दिल्ली उच्च अदालतले बलिउड अभिनेता सलमान खानलाई चिनियाँ एआई कम्पनीले दायर गरेको मुद्दामा जवाफ दिन नोटिस पठाएको छ। कम्पनीले सलमानको अनुमति बिना उनको आवाज र पहिचान प्रयोगमा रोक लगाउने अन्तरिम आदेशलाई चुनौती दिएको हो।

अदालतले चार हप्ताभित्र जवाफ पेश गर्न भनेको छ। अर्को सुनुवाइ फेब्रुअरी २७ मा तय गरिएको छ। यसअघि अदालतले सलमानको अनुमति बिना उनको नाम, तस्विर, आवाज, रूप रंग र उनको पहिचानसँग जोडिएका अन्य कुनै पनि कुराको प्रयोग गर्न नपाइने आदेश दिएको थियो ।
अहिले मुद्दा हाल्ने चिनियाँ कम्पनीले अदालतमा आफ्नो तर्क राखेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube