|
|
२०८२ माघ ९
1.4k views
ललितपुर - ललितपुर । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली मौसम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
दिउँसो तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहनेछ । राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
मौसम परिवर्तनले जनजीवन र यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिजनेस पाटी