कांग्रेस केन्द्रीय समितिको बैठक सुरु -सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
1.2k views

ललितपुर - ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो ।


विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् । सभापति थापा सानेपा पुग्दा पक्षमा नाराबाजी भएको थियो । गगन सानेपा पुग्दा कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्दै स्वागत गरेका थिए।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।

 पात्रो/राशिफल  रेडियो YouTube